Rule 32
आर्थिक प्रशासन सम्बन्धी व्यवस्था –
(१) प्राधिकरणको आर्थिक प्रशासन सम्बन्धी व्यवस्था प्राधिकरणले बनाएको आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम प्राधिकरणले विनियमावली नबनाएसम्म प्राधिकरणको आर्थिक प्रशासन सम्बन्धी व्यवस्था सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, आर्थिक कार्यविधि ऐन, २०५५ तथा आर्थिक कार्यविधि नियमावली, २०६४ बमोजिम हुनेछ ।